२०८३ जेष्ठ ११ गते , सोमबार

ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई बिर्तामोडमा सम्मान

sajilo news
झापा
२०८१ बैशाख २२ गते , शनिबार
ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई बिर्तामोडमा सम्मान

बिर्तामोड । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा सहभाीहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।
आज बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समिति र बिर्तामोड नगरपालिकाले उनीहरूलाई स्वागत सम्मान गरेका हुन् ।
कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी, २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दक्खल राखेका चर्चित खेलाडीको सहभागिता रहेको छ ।
त्यसतै, ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा अस्ट्रिया, मलेसिया, सिंगापुर, बेलायतका छ जना ओलम्पियनहरु समेत सहभागी छन् ।
सिद्धार्थ होटेलमा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईँ, नगर खेलकुद विकास समिति अध्यक्ष विकास गिरी, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल, स्थानीय अग्रज तथा अन्य खेलाडीहरूले ओलम्पियन्स तथा सेलिब्रेटी खेलाडीलाई स्वागत सम्मान गरेका थिए ।

पुनर्मिलन कार्यक्रम इटहरी, बिर्तामोड हुँदै इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तु र कन्यामामा पुगेर सम्पन्न हुनेछ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा कार्यक्रम भएको हो । नेपालका सन् १९६४ सालमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका खेलाडीदेखि हालसम्मका ओलम्पियन, ओलम्पिक एसोसिएसनका अध्यक्ष तथा पदाधिकारी, खेलाडी लगायत खेलाडी सहभागी छन् ।

सम्बन्धित समाचार