२०८३ जेष्ठ ११ गते , सोमबार

दमकमा ब्राउन सुगर कारोबारमा संलग्न दुई जना पक्राउ

sajilo news
झापा
२०८३ जेष्ठ ११ गते , सोमबार
दमकमा ब्राउन सुगर कारोबारमा संलग्न दुई जना पक्राउ

झापाको दमकमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक–५ स्थित बिलिभर चर्च नजिक बस्ने २३ वर्षीय तुलसी माझी र सोही स्थानका ३० वर्षीय राज माझी रहेका छन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शनिबार राति करिब १० बजे तुलसी माझीको डेरा कोठामा छापा मारेको थियो ।

प्रहरीले डेरा कोठाबाट प्लास्टिकमा स–साना पोका बनाई राखिएको अवस्थामा प्लास्टिक बाहेक ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । साथै नगद नेपाली रुपैयाँ ५६ हजार ६ सय, भारतीय रुपैयाँ १ हजार १ सय र दुई थान मोबाइल सेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा बरामद लागूऔषध राज माझीले बिक्रीका लागि दिएको खुल्न आएपछि उनलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार