२०८३ जेष्ठ ११ गते , सोमबार
काँकडभिट्टाबाट भन्सार छलेर ल्याएको कपडा बिर्तामोडमा बरामद
बिर्तामोड । काँकडभिट्टा नाकाबाट भन्सार छलेर बिर्तामोड ल्याएको सामान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले आज दिउँसो करिब २ बजेको समयमा बिर्तामोड नगरपालिका–८ कटहरबारीस्थित सडक छेउबाट विभिन्न प्रकारका लत्ताकपडा बरामद गरेको हो ।
बरामद गरिएका सामानमा १ हजार पिस सेतो सेन्डो भेष्ट, ३७ पिस एडिडास हाफ पेन्ट, ६ पिस धारी हाफ पेन्ट, २९ पिस सादा हाफ पेन्ट, १४ पिस जिन्स पेन्ट, ३६ पिस कटन पेन्ट, २७ पिस साडी, ७१ पिस बक्सर हाफ पेन्ट, ३२४ पिस पेन्टी तथा ११ पिस सर्ट रहेका छन् ।
प्रहरीले बरामद गरिएका कपडाको अनुमानित मूल्य रु २ लाख ५९ हजार ९ सय रहेको जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।