२०८३ जेष्ठ ११ गते , सोमबार

बिर्तामोड युनाइटेड 'आदर्श च्यालेन्ज कप'को फाइनलमा

sajilo news
झापा
२०८१ बैशाख २१ गते , शुक्रबार
बिर्तामोड युनाइटेड 'आदर्श च्यालेन्ज कप'को फाइनलमा

बुद्धशान्ति । टाइब्रेकरमा भाग्यमानी साबित हुँदै बिर्तामोड युनाइटेड एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेञ्ज कपको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडले बेलवारी एफसीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हरायो । बिर्तामोडका लागि योगेश गुरुङ, दिवस उराउ, अभिषेक गुरुङ, अशिष चापागाईँ र देवेन्द्र तामाङले गोल गर्न सफल भए । बेलबारीका लागि अशोक खवास, मनिष धिमाल, विवेक पौडेल र निशान लिम्बूले गोल गर्न सफल भए । बेलवारीका प्रशान्त अवस्थीको प्रहारलाई बिर्तामोडका गोलरक्षक सन्दीप लिम्बूले विफल बनाइदिए ।

खेलको २५ औ मिनेटमा बिर्तामोड युनाइटेडका अभिषेक गुरुङको क्रस पासमा आशिष् चापागाईँले गरेको प्रहार बेलवारीका गोलरक्षक पूर्ण चेम्जोङले उत्कृष्ट बचाउ गरे । ३१ औं मिनेटमा देवेन्द्र तामाङले पेनाल्टी एरिया नजिकैबाट गरेको फ्रिकिक गोलरक्षक चेम्जोङले पञ्च गरेर बचाए । ६८ औं मिनेटमा वैकल्पिक खेलाडी सुजन विश्वकर्माले गरेको प्रहार गोलरक्षकले बचाउ गरेपछि खेलमा अग्रता लिनबाट बिर्तामोड वञ्चित भएको थियो ।
बेलबारीका तर्फबाट खेलको १८ औं मिनेटमा बिरेन लिम्बूको पावरफुल प्रहार गोलरक्षक सन्दीप लिम्बूले बचाए । ४१ औं मिनेटमा बिरेन लिम्बूकै प्रहार विफल भयो । ५२ औ मिनेटमा निशान लिम्बूले गरेको प्रहार गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

खेलको म्यान अफ द म्याच विजेता टिम बिर्तामोड युनाइटेडका सन्दीप लिम्बू घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पुरस्कार पाए । शनिवार हुने फाइनल खेलमा बिर्तामोड युनाइटेडले भारतको मानेभन्ज्याङ एफसीसँग प्रतिस्पर्धा गर्ने छ ।
बैशाख १५ गतेदेखि जारी प्रतियोगितामा भारतका दुईसहित आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख, ट्रफी, उपबिजेताले नगद एक लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, स्ट्राइकर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने खेल समिति संयोजक मनेष दाहालले जानकारी दिए ।

सम्बन्धित समाचार