२०८३ जेष्ठ ११ गते , सोमबार

मेचीनगरका जुनियर खेलाडीलाई खेल सामाग्री वितरण

sajilo news
झापा
२०८१ बैशाख १३ गते , विहीबार
मेचीनगरका जुनियर खेलाडीलाई खेल सामाग्री वितरण

मेचीनगर । मेचीनगर-६ स्थित काँकडभिट्टा फुटबल ट्रेडिङ सेन्टरका जुनियर खेलाडीहरूलाई खेल सामाग्री वितरण गरिएको छ ।मेचीनगर नगर खेलकुद विकास समितिले आज काँकडभिट्टा खेल मैदानमा एक कार्यक्रमका बिच यु-१३ का खेलाडीहरूलाई जर्सी सेट र फुटबल वितरण गरेको छ ।  काँकडभिट्टा फुटबल ट्रेडिङ सेन्टरले सिनियर सँगै जुनियर खेलाडीहरूलाई समेत प्रशिक्षण गरिएको छ । 

फुटबल खेलको हबको रूपमा विकसित हुँदै गइरहेको मेचीनगरमा थप उत्साह थप्न र जुनियर खेलाडीलाई प्रवर्द्धन गर्न नगरपालिकाले खेल सामाग्री वितरण गरिएको नगर खेलकुद विकास समितिका सचिव तथा वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश बस्तीले जानकारी दिए ।काँकडभिट्टा फुटबल ट्रेडिङ सेन्टरका अध्यक्ष मीन बस्नेतको अध्यक्षतामा आयोजित खेलकुद सामाग्री वितरण कार्यक्रममा प्रमुख आतिथ्य मेचीनगरका वरिष्ठ प्रशासकीय अधिकृत बस्तीको रहेको थियो ।

काँकडभिट्टा फुटबल ट्रेडिङ सेन्टरका सचिव लाक्पा तामाङले सञ्चालन गरेको कार्यक्रममा नगर खेलकुद विकास समितिका उपाध्यक्ष रविन ओझा, सदस्य मानबहादुर तामाङ, झापा जिल्ला फुटबल संघको प्रशिक्षक दीपक कार्कीलगायत खेलाडीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार