२०८३ जेष्ठ ११ गते , सोमबार

मिलान बन्यो इटालियन सिरी ‘ए’ च्याम्पियन

sajilo news
एजेन्सी
२०८१ बैशाख ११ गते , मंगलबार
मिलान बन्यो इटालियन सिरी ‘ए’ च्याम्पियन

एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ। मिलानोमा भएको राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो। इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको हो।

अब सिरी ‘ए’ मा पाँच राउन्डको खेल बाँकी रहँदा शीर्षस्थानमा रहेको इन्टरले दोस्रो स्थानको एसी मिलानलाई १७ अंकले पछि पारेको छ। इन्टरले बाँकी सबै खेलमा हार र मिलानले सबै खेलमा जित निकालेपनि समिकरण बदलिने छैन।

इन्टरलाई च्याम्पियन बनाउन फ्रान्सिस्को एसर्वी र मार्कस थुरामले गोल गरे। मिलानका फिकायो तोमारीले एक गोल फर्काए। खेलकाृ इन्ज्युरी समयमा रातो कार्डको वर्षा भयो। मिलानका थियो हर्नान्डेज र डेभिड क्यालाब्रिया तथा इन्टरका डेन्जेल डम्फ्रिजले रतो कार्ड पाए। थियो र डेन्जेल झगडामा उत्रिएको अवस्थामा रातो कार्ड पाउँदा मिलान कप्तान डेभिड क्यालाव्रिया संलग्न भएपछि उनी पनि रेडकार्डका भागिदार भए। 

सम्बन्धित समाचार