२०८३ जेष्ठ ११ गते , सोमबार

बुडेन्स लिगामा बायर्नको एकाधिकार तोडियो, १२० वर्षपछि लेभरकुसेन च्याम्पियन

sajilo news
एजेन्सी
२०८१ बैशाख ३ गते , सोमबार
बुडेन्स लिगामा बायर्नको एकाधिकार तोडियो, १२० वर्षपछि लेभरकुसेन च्याम्पियन

बायर लेभरकुसेनले पहिलो पटक बुन्डेसलिगाको उपाधि जितेको छ।  आइतबार वेर्डर ब्रेमेनलाई ५–० ले पराजित गर्दै लेभरकुसेनले १ सय २० वर्षमा पहिलो पटक उपाधि हात पारेको हो। योसँगै जर्मन लिग फुटबलमा बायर्न म्युनिखको ११ वर्ष यताको एकाधिकार तोडिएको छ। ५ पटक उपविजेतामा स्थानमा चित्त बुझाएपछि लेभरकुसेन आफ्नो पहिलो लिग उपाधि जित्न सफल भएको हो। 

लेभरकुसेनल अहिलेसम्म अपराजित रही उपाधि उचालेको हो। टोलीले २९ मध्येको २५ खेलमा विजय हात पारेको छ भने ४ खेल बराबरीमा टुंग्याएको छ। यस सिजनका ४३ खेलमा अपराजित रहेको लेभरकुसेन अर्को दुई उपाधिको दौडमा छ।

लेभरकुसेनले भिक्टोर बोनिफेसको पेनाल्टी गोलमा अग्रता लियोपछि खेलमा पूरा नियन्त्रण बनाएको थियो। त्यसमा फ्लोरिएन विर्टजले ह्याट्रिक गोल गरेका थिए भने ग्राइन्ट साखाले अर्को गोल गरेका थिए। लेभरकुसेनको २९ खेलमा ७९ अंक छ। ५ खेलमात्र बाँकी रहेको अवस्थामा टोलीले बायर्नलाई १६ अंकले पछाडि पारेको हो।

सम्बन्धित समाचार