२०८३ जेष्ठ ११ गते , सोमबार

नेपालले कतारलाई ३२ रनले हरायो

sajilo news
झापा
२०८१ बैशाख २ गते , आईतबार
नेपालले कतारलाई ३२ रनले हरायो

नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ। नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर १७८ रनमात्र बनाउन सक्यो।

कतारका लागि कप्तान मोहम्मद तनवीरले सर्वाधिक ६३ रन बनाए। उनले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै मोहम्मद अहनफले २३ रन, कमरान खानले १८ रन, अदनान मिर्जाले १९ रन बनाए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१० बनाएको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङ गरेका थिए। उनले अन्तिम ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए। १९ बलमा अर्धशतक प्रहार गरेका उनी २१ बलमा ३ चौका र ७ छक्कासहित अविजित ६४ रन बनाए।

त्यस्तै आशिफ शेखले अर्धशतक प्रहार गरे। ४१ बल खेलेका उनले ६ चौकासहित ५२ रन बनाए। त्यस्तै कुशल मल्लले ३५, रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ रन बनाए। त्यस्तै सन्दीप जोराले ७, गुल्शन झाले ५ र विवेक यादवले ५ रन बनाएर पेभेलिय फर्किए।

सम्बन्धित समाचार