२०८३ श्रावण २९ गते , शुक्रबार
पत्रकार प्रेम आचार्यलाई मातृशोक
झापाका पत्रकार प्रेम आचार्यलाई मातृशोक परेको छ । पत्रकार आचार्यकी ममतामयी माता चन्द्रकला आचार्यको ७५ वर्षको उमेरमा बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
झापाको अर्जुनधारा–८ का पत्रकार आचार्यकी माताको झापाको कनकाई हस्पिटलमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्व. आचार्यका तीनभाई छोराहरू मध्ये पत्रकार प्रेम आचार्य माइला छोरा हुन् । जेठो छोरा अम्बिका आचार्य र कान्छा खगेन्द्र आचार्य हुन् । स्व. माताको पार्थिव शरीरको कनकाई माईमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।