२०८३ श्रावण २९ गते , शुक्रबार

सर्पले डस्दा झापामा एक युवतीको मृत्यु

sajilo news
झापा
२०८३ श्रावण २८ गते , विहीबार
सर्पले डस्दा झापामा एक युवतीको मृत्यु

झापाको बुद्धशान्तिमा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ । शनिवार राति ८ः२० बजे बुद्धशान्ति गाउँपालिका –३ गोसलाइन बस्ने मिना राईकी छोरी वर्ष २० की अनुसा राईलाई आफ्नै घरको कोठाभित्र जाने क्रममा दाहिने खुट्टामा विषालु सर्पले डसेको थियो । उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो ।

त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार