२०८३ श्रावण २७ गते , बुधबार

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

sajilo news
मोरङ
२०८३ श्रावण २६ गते , मंगलबार
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङको रतुवामाई नगरपालिका-३ महादेवामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। आफ्नै घरभित्र काम गरिरहेको अवस्थामा मंगलबार बिहान ३५ वर्षीया आशा ताजपुरियालाई गोमन सर्पले डसेको थियो।

घरमा काम गर्ने क्रममा दाहिने हातको कान्छी औँलामा गोमन सर्पले टोकेपछि उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा दिउँसो ३:१० बजे उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव उनका ससुरा चिल्का ताजपुरियाले बुझेर लगेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ। 

सम्बन्धित समाचार