२०८३ श्रावण २६ गते , मंगलबार

जुवाको खालबाट प्रहरीसहित १६ जना पक्राउ

sajilo news
काठमाडौं
२०८३ श्रावण २६ गते , मंगलबार
जुवाको खालबाट प्रहरीसहित १६ जना पक्राउ

जुवाको खालबाट प्रहरीका सईसहित १६ जना जुवाडे पक्राउ परेका छन् । प्रहरी वृत्त दरबारमार्गको टोलीले लैनचौरस्थित गाउँबेशी थकाली भान्छाघरबाट मंगलबार बिहान १६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा नेपाल प्रहरीका सई सरोज गिरी समेत छन् ।

उनीसँगै काभ्रेका रेशम बहादुर घ्यावा, दोलखाकी हेमा गुरुङ, चितवनकी शान्ता लामा, काभ्रेका नवराज नेपाल, सिन्धुपाल्चोकका अमर तामाङ, नुवाकोटका रमन लामा, नुवाकोटकै नवीनकुमार लामा, सन्तोष डंगोल छन् ।

त्यसैगरी झापाका टिकाराम बराल, ललितपुरका उमेश चौधरी, नुवाकोटका मंगलबहादुर तामाङ, चिबहादुर लामा, सिन्धुपाल्चोकका सुमन गरी, यस बहाहदुर तामाङ र नुवाकोटका सुजन तामाङ छन् ।

उनीहरू मध्ये सुजन तामाङ गाउँबेशी थकालीका सञ्चालक हुन् । उनीहरूबाट १३ लाख १७ हजार १२५ रुपैयाँ बरामद भएको छ । पक्राउ परेकाहरूविरुद्ध प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार