२०८३ श्रावण १८ गते , सोमबार

झापामा ‘स्क्रब टाइफस’ राेगबाट ६९६ जना संक्रमित

sajilo news
झापा
२०८३ श्रावण १८ गते , सोमबार
झापामा ‘स्क्रब टाइफस’ राेगबाट ६९६ जना संक्रमित

झापा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६९६ जनामा ‘स्क्रब टाइफस’को सङ्क्रमण देखिएको छ ।

गत आर्थिक वर्ष २०८२–०८३ मा अस्पतालमा आएका बिरामीमध्ये नमूना परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । सबैभन्दा बढी बिर्तामोडमा ५९८ जनामा स्क्रब टाइफस देखिएको छ ।

त्यस्तै मेचीनगरमा २५, कन्काईमा ६, कमलमा १६, दमकमा ४३, झापा गाउँपालिकामाः २, हल्दिबारीमा ५ र भद्रपुरका एकजनामा स्क्रब टाइफस देखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन युवनाथ बरालले बताए ।

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ ।
स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउने, श्वास फेर्न समस्या हुने, टाउको, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्तो लक्षण देखिने गर्दछ ।

स्क्रब टाइफसबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्नेलगायत उपाय अपनाउन चिकित्सकले सल्लाह दिएका छन् । स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट लाग्दछ । माइट प्राय जसो झाडी, खेतवारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ।

सम्बन्धित समाचार