२०८३ श्रावण १८ गते , सोमबार
भारतीय मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
विराटनगर महानगरपालिका–४ आयल निगमस्थित कोशी राजमार्गमा आइतबार राति भारतीय मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।
बरगाछीबाट नेमुवातर्फ जाँदै गरेको बीआर ११ एडब्लू १७२८ नम्बरको भारतीय मोटरसाइकलले पैदल हिँडिरहेका करिब ५० वर्षीय नेपालीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
उनी भारतको कोलकाताका स्थायी बासिन्दा भएपनि हाल विराटनगर–४ कदमगाछीमा भरत चौधरीको घरमा डेरा गरी बस्दै आएका थिए। टाउको, गाला र निधारमा गम्भीर चोट लागेका सरकारलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल विराटनगर लगिएकोमा राति ९:२० बजेतिर चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा संलग्न मोटरसाइकल र चालक भारत जोगवनीका २८ वर्षीय शौरभकुमार सुमन साह र पछाडि सवार २६ वर्षीय मोहम्मद दानिसलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सरु गरिएको प्रहरीले जनाएको छ।