२०८३ जेष्ठ ११ गते , सोमबार
झापा गोल्डकपले गर्यो एपिएफलाई जरिवानासहित कारबाही
झापा गोल्डकपले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई कारबाही गरेको छ । फागुन २१ गते बागमती युवा क्लबसँग भएको खेलमा एपिएफले खेलाडीको जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लंघन गरेको जनाउँदै झापा गोल्डकपले कारबाही गरेको हो ।
झापा गोल्डकप २०८० नियमावलीको २३ (ख) ले दिएको अधिकार प्रयोग गरी एपिएफमाथि कारबाही गरिएको गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए ।
उनका अनुसार खेल मर्यादा विपरीतका गतिविधि गरेकाले एपिएफलाई ११ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।
प्रतियोगिता नियमावलीको पूर्ण परिपालना गर्न र भविष्यमा यस किसिमका गल्तीहरू नदोहोर्याउन एपिएफलाई सचेत गराउँदै लिखित प्रतिबद्धता माग गर्ने पनि निर्णय भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
झापा गोल्डकप व्यवस्थापनले एपिएफ फुटबल क्लबको टिम व्यवस्थापनलाई कारबाही सम्बन्धमा लिखित जानकारी पठाइसकेको छ ।