२०८३ जेष्ठ ११ गते , सोमबार

झापा गोल्डकप प्रवेशमा ५० प्रतिशत छुट दिन अनेरास्ववियुको माग

sajilo news
झापा
२०८० फाल्गुन १८ गते , शुक्रबार
झापा गोल्डकप प्रवेशमा ५० प्रतिशत छुट दिन अनेरास्ववियुको माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी झापाले झापा गोल्ड कपमा विद्यार्थीहरूका लागि ५० प्रतिशत छुट माग गरेको छ । अनेरास्ववियु जिल्ला कमिटी झापाका अध्यक्ष बलराम गिरीको नेतृत्वमा आज झापा गोल्डकपको सचिवालय बिर्तामोड पुगेको टोलीले विद्यार्थीलाई प्रवेश शुल्कमा सहुलियत माग गरेको हो ।

फागुन १९ गते देखि सुरु हुने छैटौँ झापा गोल्डकप सफलताको कामना गर्दै अनेरास्ववियुले खेल हेर्नका लागि ५० प्रतिशत छुट मागेको हो । खेलकुद विभाग प्रमुख सन्दीप श्रेष्ठले विद्यार्थीलाई फुटबल हेर्नका लागि गोल्ड कप आयोजकले माग बमोजिम सहुलियत दिने विश्वास व्यक्त गरेका छन । अनेरास्ववियुको टोलीले झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेल लाई माग पत्र बुझाएका हुन ।

 

सम्बन्धित समाचार