२०८३ जेष्ठ ११ गते , सोमबार

लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा

sajilo news
काठमाडौं
२०८० फाल्गुन १६ गते , बुधबार
लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा

नेपाल वाफ वुमन्स (वाफ) च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न खेलमा लेबनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।

खेलको ३८ औँ मिनेटमा पूजा रानाको आत्मघाती गोलमा नेपाल पहिलो हाफमा पछि परेको थियो। गोलकिपर एञ्जिला सुब्बालाई ब्याक पास दिने क्रममा आत्मघाती गोल भएको थियो। पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा शानदार पुनरागमन गर्‍यो ।

सावित्रा भण्डारीले नेपालका लागि ७६ औं मिनेटमा बराबरी गोल फर्काइन्। खेलको इञ्जुरी समयमा प्रिति राईले डीबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी बनेको हो। 

नेपालले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ।

सम्बन्धित समाचार