२०८३ जेष्ठ ११ गते , सोमबार

इजरायलको बमबारीले दक्षिणी गाजामा ४० जना मारिए

sajilo news
एजेन्सी
२०८० माघ ९ गते , मंगलबार
इजरायलको बमबारीले दक्षिणी गाजामा ४० जना मारिए

दक्षिणी गाजा पट्टीको खान युनिस शहरमा इजरायलले गरेको भीषण बमबारीमा कम्तीमा ४० जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ।प्यालेस्टिनी लडाकू र इजराइली सेनाबीच भीषण संघर्ष हुँदा शहरको पश्चिमी क्षेत्रमा इजरायली लडाकू विमान र तोपखानाले भीषण बमबारी गरेको बताइएको छ।

त्यस क्षेत्रमा हजारौँको संख्यामा विस्थापित प्यालेस्टिनीहरू बसेका छन्। गाजा पट्टीमा जारी इजराइली आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २५ हजार २९५ पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले सोमवार जनाएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा इजरायली सेनाद्वारा १९० जना प्यालेस्टिनी मारिएको र ३४० जना घाइते भएका छन्। जारी इजराइल–हमास युद्धमा सन् २०२३ अक्टोबर ७ यता कम्तीमा ६३ हजार प्यालेस्टिनी घाइते भएको पनि मन्त्रालयले जनाएको छ। 

 

 

सम्बन्धित समाचार