२०८३ जेष्ठ ११ गते , सोमबार

आजदेखि यू–१९ एकदिवसीय विश्वकप क्रिकेट

sajilo news
झापा
२०८० माघ ५ गते , शुक्रबार
आजदेखि यू–१९ एकदिवसीय विश्वकप क्रिकेट

यू–१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता शुक्रबार शुरु हुँदैछ। दक्षिण अफ्रिकामा हुने प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्ड र अमेरिकाको टोलीबीच प्रतिस्पर्धा हुँदैछ । 

समूह ए का यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे ब्लोएमफोन्टेनमा हुनेछ। यही समयमा हुने अर्को खेलमा दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीच प्रतिस्पर्धा हुनेछ। पोट्चेफस्ट्रोममा हुने खेलमा समूह बी का दक्षिण अफ्रिका र वेस्ट इण्डिज भिड्न लागेका हुन्। 

समूह डी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा आइतबार दिउँसो १ बजे न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले प्रतियोगिता अघि भएका वार्मअप खेलमा राम्रो प्रदर्शन गरेको थियो।

सम्बन्धित समाचार