२०८३ जेष्ठ १२ गते , मंगलबार

अरब सागरमा जापानी ट्यांकरमाथि ड्रोन हमला

sajilo news
एजेन्सी
२०८० पौष ८ गते , आईतबार
अरब सागरमा जापानी ट्यांकरमाथि ड्रोन हमला

अरब सागरमा एक जापानी स्वामित्वको ट्यांकरमा ड्रोन आक्रमण भएको छ। रासायनिक वस्तुसहित तेल बोकेको ट्यांकरमा इरानले आक्रमण गरेको अमेरिकाले दाबी गरेको छ। 

यसअघि यमनको हुथी विद्रोहीले आक्रमण गरेको आशंका गरिएकोमा अमेरिकाले उक्त आक्रमणमा इरानको संलग्नता रहेको दाबी गरेको हो। हुथी समूहले अरब सागर र हिन्द महासागरमा कुनै पनि जहाजमाथि आक्रमण नगरेको प्रष्टीकरण दिएपछि अमेरिकाले इरानले आक्रमण गरेको बताएको हो। 

यसबारे इरानले भने कुनै प्रतिक्रिया दिएको छैन। रासायनिक वस्तु र लाखौँ ब्यारेल तेल बोकेको ट्यांकरमा भएको आक्रमणपछि आगलागी भए पनि चालक दलका सबै सदस्यसहित अन्य २० भारतीय सुरक्षित छन्। 

आक्रमणपछि भारतीय तटरक्षक अरब सागरमा परिचालित भएको छ। गाजामा जारी इजरायली आक्रमणपछि इरान समर्थित यमनको हुथी विद्रोही समूहले लाल सागर र प्रशान्त महासागरका केही क्षेत्रमा तेल बोकेका ट्यांकरहरुमाथि आक्रमण गर्दै आएको छ। 

सम्बन्धित समाचार