२०८३ जेष्ठ १२ गते , मंगलबार

इजरायलद्वारा ३९ प्यालेस्टिनी बन्दी रिहा

sajilo news
बीबीसी
२०८० मंसीर ९ गते , शनिबार
इजरायलद्वारा ३९ प्यालेस्टिनी बन्दी रिहा

हमासले इजरायली बन्धकहरूको समूहलाई रिहा गरेपछि इजरायलले पनि ३९ प्यालेस्टाइनी बन्दी रिहा भएका छन्। २४ महिला र १५ किशोरहरूको समूह बन्दी आदानप्रदानको एक भागको रूपमा रिहा गरिएको जनाइएको छ।

उनीहरुलाई इजरायलको कब्जामा रहेको वेस्ट बैंकको बेतुनिया चेकपोस्ट नजिक रिहा गरिएको थियो। कतारको मध्यस्थतामा कैदीहरुलाई रिहा गरिएको हो ।

 इजरायल र हमासबीचको द्वन्द्वमा अहिले चार दिनको युद्धविराम भएको छ । रिहा भएका कैदीहरूमाथि ढुङ्गा हान्नेदेखि हत्या प्रयाससम्मका अभियोगहरू छन्। ती मध्ये केही दोषी ठहर भइसकेका छन् भने केही मुद्दा चलिरहेका छन् ।

हमासले पनि हालसम्म २४५ बन्धकहरूलाई रिहा गरेको छ। यी बन्धकहरूलाई राहत कार्यमा संलग्न रेडक्रसलाई सुम्पिएको थियो र इजिप्टसँगको गाजाको सिमानामा लगिएको थियो। 

सम्बन्धित समाचार