२०८३ जेष्ठ ११ गते , सोमबार

आईसीसी विश्वकप क्रिकेटमा आज दुई खेल

sajilo news
झापा
२०८० कार्तिक १८ गते , शनिबार
आईसीसी विश्वकप क्रिकेटमा आज दुई खेल

भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। बैंगलुरुमा बिहान पौने ११ बजे हुने पहिलो खेलमा न्यूजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । जारी प्रतियोगितामा न्यूजिल्याण्ड ७ खेलमा ८ अंक जोडर चौथो स्थानमा छ भने पाकिस्तान समान खेलमा ६ अंक जोडेर छैटौँ स्थानमा छ। 

यी दुवै टोली आजको खेल जित्दै सेमिफाइनलको सम्भावना बलियो बनाउने लक्ष्यमा छन्। न्यूजिल्याण्ड र पाकिस्तानबीच भएका पछिल्ला ५ एक दिवसीय क्रिकेटमा न्यूजिल्याण्डले एक र पाकिस्तानले चार खेल जितेका छन्। यस्तै आजै दिउँसो सवा २ बजे अहमदाबादमा अस्ट्रेलिया र इङ्ल्याण्ड भिड्दैछन्। 

अष्ट्रेलिया ६ खेलबाट ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ भने इङ्ल्याण्ड समान खेलबाट दुई अंकसहित अन्तिम स्थानमा छ। अष्ट्रेलिया आजको खेलमा जित निकालेर शीर्ष चारमै सुरक्षित रहन चाहन्छ। 

साविक विजेता इङ्ल्याण्ड भने स्थान सुधारको लक्ष्यमा हुनेछ। यसअघि गएराति भएको खेलमा अफगानिस्तानले नेदरल्याण्ड्सलाई सात विकेटले पराजित गरेको थियो । योसँगै अफगानिस्तानले शीर्ष चारको सम्भावना जीवित राखेको छ।

सम्बन्धित समाचार