२०८३ जेष्ठ १२ गते , मंगलबार
अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले हरायो
विश्वकप क्रिकेटमा अफगानिस्तानसँग श्रीलंका सात विकेटले पराजित भएको छ । भारतको महाराष्ट क्रिकेट स्टेडियमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २४१ रन बनाएको थियो । ओपनर पथुम निसान्काले सार्वधिक ४६ रन बनाए । अफगान बलर फाजिलहक फारुकिले चार विकेट लिए ।
जितका लागि २४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४५.२ ओभरमा सात विकेट गुमाएर २४२ रन बनायो । त्यसमा कप्तान हसमतुल्लाह शाहिदीले ५८ र अजमतुल्लाह ओमरजाईले ७३ रन बनाए । दुवै ब्याटर नटआउट रहे र उनीहरूले १११ रनको साझेदारी गरे । यस्तै रहमत शाहले पनि ६२ रन बनाए । यसअघि अफगानिस्तानले जारी विश्वकपमा इंग्ल्यान्ड र पाकिस्तानलाई पराजित गरिसकेको छ ।