२०८३ जेष्ठ १२ गते , मंगलबार

इजरायलमा अहिलेसम्म १८ सयबढीको मृत्यु

sajilo news
एजेन्सी
२०८० आश्विन २४ गते , बुधबार
इजरायलमा अहिलेसम्म १८ सयबढीको मृत्यु

हमास विद्रोहीहरुले इजरायलको दक्षिणी शहर एश्केलनमा रकेट हमला तीब्र पारेका छन् । उनीहरुले सो शहर खाली गर्न सर्वसाधारणलाई चेतावनी दिएका थिए ।

शनिवारदेखि जारी इजरायल र हमासबीचको संघर्षमा मृत्यु हुनेहरुको संख्या १८ सय नाघेको छ ।हमासले इजरायलमा गरेको आक्रमणमा परी १ हजार ८ जनाको ज्यान गएको छ ।

त्यस्तै इजरायलले गरेको प्रत्याक्रमणबाट ८ सयभन्दा बढी प्यालेस्टाइनी मारिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । इजरायलले गाजा पट्टीमा हमासका दुई ठूला अधिकारी मारिएको दावी गरेको छ । तर, त्यसलाई हमासले पुष्टि गरिसकेको छैन ।

सम्बन्धित समाचार