२०८३ जेष्ठ १२ गते , मंगलबार

भारतसँग खेल्न श्रीलङ्का पुग्यो नेपाली टोली

sajilo news
झापा
२०८० भाद्र १५ गते , शुक्रबार
भारतसँग खेल्न श्रीलङ्का पुग्यो नेपाली टोली

नेपाली क्रिकेट टोली एशिया कपको दोस्रो खेल खेल्न बिहीबार श्रीलङ्का पुगेको छ। समूह ‘ए’ अन्तर्गत आयोजक पाकिस्तानसँगको खेलपछि नेपाली टोली भारतसँगको खेलका लागि श्रीलङ्का गएको हो। नेपालले दोस्रो खेल भदौ १८ गते अर्को बलियो टोली भारतसँग श्रीलङ्काको क्यान्डीमा प्रतिस्पर्धा गर्नेछ। पाकिस्तानसँगको हारले नेपालको अघिल्लो यात्रा कमजोर बनेको छ। 

पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो।

जितका लागि पाकिस्तानले दिएको ३४३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा सबै विकेटको क्षतिमा १०४ रनमा समेटिएको थियो।  पाकिस्तानविरुद्ध पहिलो खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन गरेको नेपालका लागि अर्को बलियो टोली भारतसँग सुधारिएको प्रदर्शन गर्नुपर्ने चुनौती रहेको छ। 

एशिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन्।  दुवै समूहबाट शीर्ष २ टोली सुपर ४ मा प्रवेश गर्नेछन्। सुपर ४ का शीर्ष २ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। एशिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलङ्कामा सञ्चालन हुँदै छन्।  भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एशिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा सञ्चालन गरिएको हो।

सम्बन्धित समाचार