२०८३ जेष्ठ १२ गते , मंगलबार

उत्तरी ग्रीसको जंगलमा भीषण डढेलो, १८ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८० भाद्र ६ गते , बुधबार
उत्तरी ग्रीसको जंगलमा भीषण डढेलो, १८ जनाको मृत्यु

उत्तरी ग्रीसको जंगलमा लागेको डढेलोमा परी १८ जनाको मृत्यु भएको छ।  उनीहरुको शव एलेक्जान्ड्रोपोलिस शहर नजिकै भेटिएको हो। 

स्थानीय अधिकारीहरूले उनीहरू आप्रवासी हुनसक्ने अनुमान गरेका छन्। उनीहरू अवैध रूपमा ग्रीस प्रवेश गरेको हुनसक्ने उनीहरूले जनाएका छन् । अलेक्जान्ड्रोपोलिस नजिकको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर रहेको बताइएको छ । 

ग्रीसको राजधानी नजिकैको उत्तरपश्चिमी एटिका क्षेत्रमा फैलिएको डढेलाको जोखिमले बस्तीहरू खाली गर्दै सडक बन्द गरिएको छ। तीव्र हावाले डढेलो निभाउने प्रयास अझ कठिन बनाएको छ ।

यसैबीच रोमानिया र चेक गणतन्त्रका १०० भन्दा बढी अग्निनियन्त्रक र करिब २० सवारीसाधन डढेलो निभाउन परिचालन गरिएका छन् ।

सम्बन्धित समाचार