२०८३ जेष्ठ १२ गते , मंगलबार

भारतले चन्द्रमामा पठायो चन्द्रयान–३

sajilo news
एजेन्सी
२०८० असार २९ गते , शुक्रबार
भारतले चन्द्रमामा पठायो चन्द्रयान–३

भारतले आज चन्द्रयान–३ नाम दिइएको रकेट चन्द्रमामा पठाएको छ। भारतले आन्ध्रप्रदेशको स्पेसपोर्टबाट स्थानीय समयअनुसार शुक्रबार दिउँसो २ः३५ बजे रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

योजनाअनुसार सबै काम भए यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्नेछ। चन्द्रयान–३ को तौल ३ हजार ९ सय किलोग्राम छ । यो यान बनाउन ६।१ अर्ब भारतीय रुपैयाँ लगानी भएको बताइएको छ।

चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा सफल अवतरण गरेमा भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक हुनेछ। यसअघि संयुक्त राज्य अमेरिका, रूस र चीनले आफ्नो यान चन्द्रमामा पुर्‍याएका छन् ।

भारतले चन्द्रमाका लागि यान पठाएको यो तेस्रो पटक हो। भारतले सन् २००८ मा चन्द्रयान–१ र सन् २०१९ मा चन्द्रयान–२ चन्द्रमामा पठाएको थियो । तर सफल हुन सकेन । चन्द्रयान–२ अवतरण हुन लाग्दा त्यसको रोभर दुर्घटनामा परेको थियो।

सम्बन्धित समाचार