२०८३ जेष्ठ १२ गते , मंगलबार

अफगानिस्तानमा दर्जनौँ छात्रासहित ९० जनालाई विष खुवाइएको पुष्टि

sajilo news
एजेन्सी
२०८० जेष्ठ २३ गते , मंगलबार
अफगानिस्तानमा दर्जनौँ छात्रासहित ९० जनालाई विष खुवाइएको पुष्टि

अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ९० जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक मुफ्ती अमिर सारिपुलीतले बताएका छन्। ​

सरिपुलितले भने, “सञ्चारक जिल्लाको काबोद अब क्षेत्रमा रहेको फैजाबाद छात्रा विद्यालयका ७७ जना विद्यार्थी, सात जना शिक्षक, पाँच जना अभिभावक र एक जना कर्मचारीलाई विष खुवाइएको थियो । उनीहरूको अवस्था स्थिर छ।” 

अधिकारीका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ।​ 

यसैबीच एक पीडित छात्राकी आमा महनाजले घटनाको निन्दा गर्दै प्रान्तीय प्रशासनलाई घटनामा संलग्नको पहिचान गरी कानूनको कठघरामा ल्याउन आग्रह गरिन्।  अर्का विद्यार्थी अली आगा करबलाईका पिताले प्रभावित विद्यार्थीको सङ्ख्या ८० भन्दा बढी रहेको बताउँदै छोरीको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको बताए।

गाउँलेका अनुसार आइतबार ८० जना विद्यार्थीसहित ९० जना एक्कासी बिरामी परेपछि उनीहरूलार्ई अस्पताल लगिएको थियो । उनीहरूलाई कसरी बिष आक्रमण गरियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

सम्बन्धित समाचार