२०८३ जेष्ठ १२ गते , मंगलबार

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइने

sajilo news
झापा
२०८० जेष्ठ १५ गते , सोमबार
त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइने

नेपाली क्रिकेटको घर मानिने त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रूपमा विकाश गरिने भएको छ। अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार बजेट भाषणमा ‘त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको रुपमा विकास गरिने’ बताए।

‘यस रंगशालामा फ्लड लाइट राख्ने काम सम्पन्न गरिने छ,’ मन्त्री महतले भने, ‘मुलपानी क्रिकेट रंगशालाको निर्माण कार्य सम्पन्न गरिने छ। विराटनगरको गिरिजा प्रसाद कोइराला क्रिकेट स्टेडियम, बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फाप्ला र काठमाडौंको सुवर्ण शम्सेर क्रिकेट रंगशाला निर्माण कार्य अगाडि बढाउन बजेट व्यवस्था गरेको छु।’

सरकारले आगामी आर्थिक वर्षमा खेलाडीहरूलाई स्वरोजगार बन्न सहुलियत कर्जा उपलब्ध गराउने भएको छ। खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियत पूर्ण कर्जा प्रदान गर्ने व्यवस्था मिलाइएको’ बताए।

सम्बन्धित समाचार