२०८३ जेष्ठ १२ गते , मंगलबार

नेपाल एसीसी प्रिमियर कपको फाइनल

sajilo news
झापा
२०८० बैशाख १६ गते , शनिबार
नेपाल एसीसी प्रिमियर कपको फाइनल

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार टीयु क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको हो। समूह ए मा रहेको नेपाल ३ खेलमा विजयी भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो। 

शनिबार भएको सेमिफाइनल खेलमा टस हारेर ब्याटिङ गरको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा २८१ रन बनाएको थियो। वर्षाले खेल प्रभावित भएपछि ५० ओभरको खेलमा ४२ मा झारिएको थियो। 

२८२ रनको जवाफी ब्याटिङ गरेको कुवेतले भने ८।३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन बनाएको थियो। त्यसपश्चात निरन्तर पानी पर्न थालेपछि खेल नतिजाविहीन बनेको थियो। 

सम्बन्धित समाचार