२०८३ जेष्ठ १२ गते , मंगलबार

कनकाईले उचाल्यो झापा स्तरीय महिला फुटबलको उपाधि

sajilo news
झापा
२०७९ फाल्गुन २४ गते , बुधबार
कनकाईले उचाल्यो झापा स्तरीय महिला फुटबलको उपाधि

११३औं अन्तर्राष्ट्रिय नारी दिवसको दिवसको अवसरमा आयोजित झापा जिल्ला स्तरीय महिला फुटबलको उपाधि आयोजक कनकाई नगरपालिकाको महिला फुटबल टिमले जितेको छ । 

आज भएको फाइनल खेलमा आयोजक कनकाई महिला फुटबल टिमले प्रथम स्थान हासिल गर्दै नगद ७५ हजार रुपैयाँ प्राप्त गर्‍यो । उपबिजयी हुने जुनतारा फुटबल क्लब अर्जुनधाराले नगद ५० हजारमा चित्त बुझायो । आयोजकले अर्जुनधारालाई ३—० गोल अन्तरले पराजित गरेको हो ।

आयोजकका तर्फबाट अनिता लम्जेलले २ गोल र सहारा दाहालले थप १ गोल गरिन । प्रतियोगिताको म्यान अफ द म्याच आयोजक टिमकी अनिता लम्जेल घोषित भइन्  । सर्वाधिक गोलकर्ता लक्ष्मी श्रेष्ठ, प्लेयर अफ द टुर्नामेन्ट खुश्मा राई, उत्कृष्ट गोलकिपर रन्जु राजवंशी घोषित भइन् । उनीहरूले नगद ३ हजार रुपैयाँ प्राप्त गरिन् ।

विजयी तथा उपबिजयी हुने सबै टिमलाई संविधानसभाकी उपसभामुख इन्दिरा थापामगर, कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल, समाजसेवी शेरबहादुर थापा, राखेप झापा अध्यक्ष प्रशान्त भण्डारी लगायतले नगद तथा शिल्ड प्रदान गरेका थिए । 

 

सम्बन्धित समाचार