२०८३ जेष्ठ १२ गते , मंगलबार
’ए’ डिभिजन लिग : खुमलटारको विजयी सुरुवात
फ्रेन्ड्स क्लबलाई पराजित गर्दै एफसी खुमलटारले शहीद स्मारक लिग ’ए’ डिभिजन लिगको डेव्यूमै विजयी शुरुवात गरेको छ। दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा फ्रेन्ड्सलाई १–० ले हराउँदै गत वर्षमात्र ’बी’ डिभिजनबाट ‘ए’ डिभिजनमा बढुवा भएको खुमलटारले ऐतिहासिक पहिलो जित निकालेको हो।
खुमलटारका लागि खेलको ८९ औँ मिनेटमा क्यामरुनी खेलाडी मेसुके ओलामाओले गोल गर्दै गर्दै जित दिलाए। ’ए’ डिभिजन लिगको विजेताले ७५ लाख रूपैयाँ पाउनेछ भने उपविजेता टोलीले ५० लाख रूपैयाँ पाउनेछ। तेस्रो हुने टोलीले २५ लाख रूपैयाँ पाउने आयोजकले जनाएको छ।