२०८३ जेष्ठ १२ गते , मंगलबार

मेचीनगरको हिमायन एकेडेमीले जित्यो छात्र भलिबल प्रतियोगिताको उपाधि

sajilo news
झापा
२०७९ माघ २६ गते , विहीबार
मेचीनगरको हिमायन एकेडेमीले जित्यो छात्र भलिबल प्रतियोगिताको उपाधि

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा सञ्चालित दुई दिवसीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता (यू-२०) को उपाधि हिमायन इङ्लिस एकेडेमीले जितेको छ ।  बिहीबार सम्पन्न फाइनल खेलमा धुलाबारी माविलाई २-१ सेटमा पराजित गर्दै हिमालयनले उपाधि चुमेको हो ।

प्रतियोगिताको उपाधि चुमेसँगै हिमालयन इङ्लिस एकेडेमीले नगद मन्द्र हजारसहित ट्रफि र मेडल प्राप्त गर्‍यो । उपविजेता बनेको धुलाबारी माविले नगद दश हजारमा चित्त बुझायो ।

कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मिना पोखरेल उप्रेती, विशिष्ट अतिथि हिमालयन इङ्लिस एकेडेमीका प्रिन्सिपल जगत् बहादुर तामाङ, मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक योजना तथा पूर्वाधार संयोजक चित्र धिमाल, धुलाबारी मावि व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति झापाका पूर्व अध्यक्ष गणेश विक्रम नेम्बाङ, रोटरी क्लब अफ मेचीनगरका संस्थापक अध्यक्ष तथा मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष किशोर क्षेत्री (कपिल) लगायतका अतिथिहरूले विजेता र उपविजेता टिमका खेलाडीहरूलाई पुरस्कार वितरण गर ।  

मेचीनगर १० स्थित हिमायन इङ्लिस एकेडेमीको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा हिमायन इङ्लिस एकेडेमी, फाइभस्टार इङ्लिस बोर्डिङ स्कुल, युनिक इङ्लिस बोर्डिङ स्कुल, होलिबेल इङ्लिस बोर्डिङ स्कुल, दुर्गा इङ्लिस बोर्डिङ स्कुल, सूर्योदय इङ्लिस बोर्डिङ स्कुल, काँकडभिट्टा मावि, थेसिस इङ्लिस बोर्डिङ स्कुल, सिताराम सामुदायिक विद्यालय, पशुपति इङ्लिस बोर्डिङ स्कुल, सनसाइन इङ्लिस बोर्डिङ स्कुल र धुलाबारी मावि गरी नगरका १२ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

रोटरी क्लब अफ मेचीनगर अध्यक्ष अनन्त प्रकाश बस्तीको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रमको सञ्चालन सचिव कृष्ण काफ्लेले गरेका थिए ।

सम्बन्धित समाचार