२०८३ जेष्ठ १२ गते , मंगलबार
राष्ट्रपति पुटिनले गरे युक्रेनसँग एकतर्फी युद्धविराम घोषणा
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग ३६ घण्टा एकपक्षीय युद्धविरामको घोषणा गरेका छन्। पुटिनले शुक्रबार मध्याह्न १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि युद्धविराम घोषणा गरेका हुन्।
पुटिनले युक्रेनमाथि ३६ घण्टा कुनै प्रकारको हमला नगर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन्। रुसका इसाइ धर्मगुरु किरिलको अपिलपछि राष्ट्रपति पुटिनले अर्थोडक्स क्रिसमस पर्वका अवसरमा अस्थायी युद्धविराम घोषणा गरेको क्रेमलिनले जनाएको छ।
युक्रेनले भने रुसी युद्धविरामलाई खारेज गरिदिएको छ। उसले ‘फसाउनका लागि जाल रचिएको’ प्रतिक्रिया दिएको छ।