२०८३ जेष्ठ १२ गते , मंगलबार
स्पेनलाई हराउँदै जापान नकआउट चरणमा
दोहा । जापानले विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ। कतारको खालिफा स्टेडियममा गएराति स्पेनलाई २–१ ले हराउँदै जापान नकआउट चरणमा प्रवेश गरेको छ। खेलको ११ औँ मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाए। खेलको ४८ औँ मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १–१ को बराबरीमा ल्याए
। ५१ औँ मिनेटमा टानकाले गोल गर्दै जापानलाई २–१ को जित दिलाए। जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ। जापानले ३ खेलमा ६ अंक जोडेको छ। पराजित भए पनि स्पेन तीन खेलमा ४ अंक जोड्दै राउण्ड अफ १६मा पुगेको छ।