२०८३ जेष्ठ १२ गते , मंगलबार

स्पेन र जर्मनीको खेल बराबरी, बाँडे अंक 

sajilo news
एजेन्सी
२०७९ मंसीर १२ गते , सोमबार
स्पेन र जर्मनीको खेल बराबरी, बाँडे अंक 

फिफा विश्वकप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडेका छन्। आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।​

प्रतिस्पर्धात्मक खेलको ४० औं मिनेटमा एन्टोनी रुडिगरले जर्मनीका लागि गोल गरेका थिए। तर, भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता पाएन।

खेलको ६२ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८३ औं मिनेटमा निकलस फूलक्रुगले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरी ल्याए। यस बराबरीसँगै समूह ई बाट दुबै टोलीको नकआउट सम्भावना कायम रहेको छ। स्पेनले २ खेलमा ४ अंक जोडेको छ। स्पेन शीर्ष स्थानमा रहेको छ। जर्मनी २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ।  

सम्बन्धित समाचार