२०८२ चैत्र १६ गते , सोमबार

बाल आश्रमका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ११ गते , बुधबार
बाल आश्रमका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

झापा । बिर्तामोड नगरपालिका–४ स्थित तारा नमस्ते बालग्राम बाल आश्रममा रहेका विद्यार्थीलाई शैक्षिक सामाग्री र स्कुल ब्याग वितरण गरिएको छ ।  सो आश्रममा रहेर विभिन्न विद्यालयमा अध्ययनरत सीमान्तकृत आदिवासी र मधेसी समुदायका अभिभावक विहीन बालबालिकाहरूलाई  आश्रममा पुगेर निमार्ण व्यवसायी सङ्घ झापाले शैक्षिक सामाग्री र स्कुल ब्याग वितरण गरेको हो । 

निमार्ण व्यवसायी सङ्घ झापाका अध्यक्ष मिलन बस्नेत, महासचिव ओम पौडेल, कार्यसमिति सदस्य सिताराम ढुङ्गेल, यज्ञनिधि भुर्तेल, लोकेन्द्र श्रेष्ठ, कार्यालय सचिव ज्योति पौडेलले आश्रमका १९ विद्यार्थीलाई संयुक्त रुपमा स्कुल ब्याग तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् । 

सामाजिक उत्तरदायित्व अन्तर्गत बर्सेनि निमार्ण व्यवसायी सङ्घ झापाले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको बताउँदै सङ्घका अध्यक्ष मिलन बस्नेतले समाजमा निमार्ण व्यवसायीलाई हेरिने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको दुखेसो समेत व्यक्त गरे । सङ्घले विद्यार्थीका लागि आवश्यक सामाग्री प्रदान गरेर ठुलो गुन लगाएको भन्दै आश्रमका अध्यक्ष नारायणप्रसाद पोखरेलले सङ्घलाई धन्यवाद दिए ।  

सङ्घले कोरोना परीक्षण गर्ने पीसिआर ल्याबका लागि यस अघि एक लाख, निमार्ण क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई राहत, तथा विभिन्न आश्रम तथा मठमन्दिरलाई पनि आर्थिक सहयोग प्रदान गरेको सङ्घका अध्यक्ष बस्नेतको भनाई छ ।    

 

सम्बन्धित समाचार