२०८३ श्रावण ३० गते , शनिबार
झापामा १७ लाख बढी जरिवाना तिर्न बाँकी फरार प्रतिवादी पक्राउ
भद्रपुर । बैंकिङ कसुर मुद्दामा रु १७ लाख ३९ हजार ५०० जरिवाना ठहर भई फरार रहेका एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–११ दुधे बस्ने ५६ वर्षीय हर्कधन सेवा रहेका छन् । उच्च अदालत विराटनगर, इलाम इजलासको चार वर्षअघि गरेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा उनलाई जरिवाना सजाय सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार घर नजिकैबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सेवालाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी बुझाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।