२०८३ श्रावण ३० गते , शनिबार
झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
झापा गाउँपालिका–४ मा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। आज साँझ ५.२० बजे झापा गाउँपालिका–४ चौधरी टोल निवासी ६० वर्षीय इसकलाल गणेशको टिपरको ठक्करबाट मृत्यु भएको हो । झापा गाउँपालिका ४ नं वडा कार्यालयनजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ ख ६४९० नं को टिपरले सोही दिशातर्फ साइकलमा घर जाँदै गरेका गणेशलाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याइएको थियो। अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
साइकल यात्रीलाई ठक्कर दिएपछि टिपर चालक फरार भएका छन्। आक्रोशित स्थानीयवासीले टिपर तोडफोड गरेका छन्।
स्थानीयका अनुसार उक्त टिपर झापा गाउँपालिका–२ निवासी उत्तम दासको हो । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।