२०८३ असार ७ गते , आईतबार

भारी वर्षाले बिर्तामोडमा अढाई तले घर भासियो

sajilo news
झापा
२०८३ असार ७ गते , आईतबार
भारी वर्षाले बिर्तामोडमा अढाई तले घर भासियो

भारी वर्षाका कारण झापाको बिर्तामोड नगरपालिका-५ स्थित नयाँ बसपार्कको सुकुम्वासी बस्तीमा रहेको अढाई तले घर जमिनमा भासिएको छ। ७० वर्षीय पहलमान ठाकुरको सो घर आज बिहानको राति डेढ बजेतिर जमिनमा भासिएको हो । घर ढल्किँदै गएपछि त्यहाँ रहेका मानिस र केही सामानहरू बाहिर निकालिएको छ ।

त्यस घरमा तीन जना मात्र बस्ने गरेका थिए । 'एक्कासि घर हल्यो, भूकम्प आयो भनेर बाहिर निस्किएको त घर नै भासियो,' घरधनि ठाकुरले भने ।  घर भासिएर अन्दाजी २०–२५ डिग्रीमा ढल्किएको प्रहरीले जनाएको छ । सो घर पुरै खाली गराउने तयारी भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार