२०८३ असार ५ गते , शुक्रबार

कक्षा १२ को नतिजा प्रकाशन

sajilo news
झापा
२०८३ असार ५ गते , शुक्रबार
कक्षा १२ को नतिजा प्रकाशन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ। परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको हो। गत वैशाख १४–२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए।

जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिकतर्फ ३६ हजार ४२० जना गरी कुल २ लाख ६८ हजार १९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।

यस वर्ष नियमिततर्फ उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत रहेको छ। समग्रमा ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

बोर्डले परीक्षामा अनियमितता गरेको ठहर भएका ४० परीक्षार्थीमाथि कारबाही गरेको जनाएको छ। तीमध्ये ३८ जनाको चालु खण्डका सबै विषयको परीक्षा रद्द गरिएको छ भने दुई परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै आगामी एक वर्षसम्म बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने निर्णय गरिएको छ।

देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो। सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १–१ केन्द्र निर्धारण गरिएको थियो।

 

सम्बन्धित समाचार