२०८३ जेष्ठ १२ गते , मंगलबार

झापामा हावाहुरीले केरा खेतीमा क्षति, ३ करोड बराबरको नोक्सानी

sajilo news
रासस
२०८३ जेष्ठ १२ गते , मंगलबार
झापामा हावाहुरीले केरा खेतीमा क्षति, ३ करोड बराबरको नोक्सानी

झापा । झापाको बाह्रदशी गाउँपालिकामा आएको भीषण हावाहुरी र वर्षाका कारण केरा खेतीमा ठूलो क्षति पुगेको छ। विशेषगरी बाह्रदशी गाउँपालिका–७ स्थित बत्तीसबिघा लगायतका क्षेत्रमा व्यावसायिक रूपमा लगाइएको केरा खेतीमा हावाहुरीले नोक्सान पुर्‍याएको हो। स्थानीयका अनुसार करिब ६० बिघा क्षेत्रफलमा लगाइएका केराका बोटरू हावाहुरीले ढालेर नष्ट गरेको छ।

यो प्राकृतिक विपद्बाट करिब ३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। उत्पादन बजार पठाउने तयारीमा रहेका वेला केरा खेती नष्ट भएपछि यस क्षेत्रका किसान चिन्तित बनेका छन्।

यसैबीच क्षतिको वस्तुस्थितिबारे जानकारी लिन झापाका प्रमुख जिल्ला अधिकारीसहित गाउँपालिकाको प्रतिनिधिमण्डलले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीले क्षतिको विवरण संकलन गरिरहेको बताइएको छ।

सम्बन्धित समाचार