२०८३ जेष्ठ ८ गते , शुक्रबार

पाँचथरमा पिकअप दुर्घटना, झापाका एकजनाको मृत्यु

sajilo news
झापा
२०८३ जेष्ठ ८ गते , शुक्रबार
पाँचथरमा पिकअप दुर्घटना, झापाका एकजनाको मृत्यु

पाँचथरको याङवरकमा भएको पिकअप दुर्घटनामा झापाका एकजनाको मृत्यु भएको छ । आज बिहान ४ः२० बजे पाँचथर याङवरक ६ अर्चलेस्थित मेची राजमार्गमा पिकअप दुर्घटना भएको हो ।

च्याङथापुबाट माङलेबुङतर्फ जाँदै गरेको ४ वटा गोरु र एउटा बाछी गरी ५ वटा चौपाया बोकेको प्र १–०१–००२ च १५६९ नम्बरको सिंगल क्याप पिकअप गाडी रोकेर पिसाब फेर्न निस्किएकोमा अचानक गाडी गुडी रोक्ने प्रयास गर्दा गर्दै राजमार्गदेखि अन्दाजी ५० मिटर झरी दुर्घटना हुँदा चालक बाह्रदशी –५ बस्ने ३५ वर्षीय गोपाल भट्टराईलाई पिकअपले किचेको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चौपाया धनी पाँचथर फालेलुङ –३ माङलेबुङ बस्ने ४२ वर्षीय अमोश थाम्सुहाङ र उनका भाइ ३१ वर्षीय राजेन्द्र थाम्सुहाङ सकुशल रहेका छन् ।

घटनाबारे मृतकका आफन्तलाई खबर गरिसकेको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिएको थियो । कानुनी प्रक्रिया पुरा गरी लास पोस्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ ।

सम्बन्धित समाचार