२०८३ बैशाख २४ गते , विहीबार

झापाको शिवसताक्षीमा कलेज बस दुर्घटना, ४ जना घाइते

sajilo news
झापा
२०८३ बैशाख २३ गते , बुधबार
झापाको शिवसताक्षीमा कलेज बस दुर्घटना, ४ जना घाइते

झापाको शिवसताक्षीमा आज बिहान कलेज बस दुर्घटना भएको छ। शिवसताक्षी नगरपालिका–९ चिल्लागढधाम नजिक भित्री सडक खण्डमा आज बिहान करिब ६:१५ बजे ब्याङडाँडाबाट बिर्तामोडतर्फ जाँदै गरेको इको होम कलेज बिर्तामोडको प्र १–०१–००१ क १३१४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिँदा दुर्घटना भएको थियो । 

बसमा चालकसहित ५ जना सवार रहेकोमा ४ जना सामान्य घाइते भएका छन्। घाइते हुनेहरू बुद्धशान्ति–४ का प्रकाश सिलुवाल, शिवसताक्षी–८ का ईशान पकवाल, सोही ठाउँका स्वभाग्य राई र निसब भेटवाल रहेका छन् । उनीहरूको दुवै हात तथा खुट्टामा र केहीको हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको थियो । यता बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

सम्बन्धित समाचार