२०८२ चैत्र १२ गते , विहीबार

प्रहरीभित्रको सूचना पत्रकारसम्म चुहिएको भन्दै एसपी खड्काको ध्यानाकर्षण

sajilo news
झापा
२०८२ चैत्र १२ गते , विहीबार
प्रहरीभित्रको सूचना पत्रकारसम्म चुहिएको भन्दै एसपी खड्काको ध्यानाकर्षण

नेपाल प्रहरीभित्रको आन्तरिक सूचना पत्रकारसम्म चुहिएको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय झापाका एसपी बसुन्धरा खड्काले त्यस बारेमा ध्यानाकर्षण गराएकी छिन् । झापा प्रहरीका हरेक गतिविधिका सूचना चुहिएर पत्रकारकहाँ पुग्ने गरेको भन्दै त्यसतर्फ एसपी खड्काले मातहतका प्रहरी कर्मचारीहरूलाई ध्यानाकर्षण गराउँदै सजग गराएकी प्रहरी स्रोतको दाबी छ।

केही दिनदेखि इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठको विषयमा आइरहेको समाचारप्रति झापा प्रहरी गम्भीर हुँदै त्यस बारेमा एसपी खड्काले छलफल गरेकी थिइन् । एसपी खड्काले मातहतका प्रहरी अधिकृतहरुसंग त्यस विषयमा छलफल गरेको प्रहरी स्रोतले जनाएको छ ।

डीएसपी श्रेष्ठले बिर्तामोडका होटेल र डान्सबारहरुबाट रकम असुल्ने गरेको र केही व्यक्तिहरूलाई हिरासतभित्रै यातना दिएको विषयमा गम्भीर छलफल भएको थियो । 

सम्बन्धित समाचार