इनिशा विक मृत्यु प्रकरणः सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
सुर्खेत । १६ वर्षीया इनिशा विक मृत्यु प्रकरणमा सामूहिक बलात्कार नभएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्राप्त वैज्ञानिक प्रमाणहरूले सामूहिक बलात्कार पुष्टि हुन नसकेको जनायो । पोष्टमार्टम लगायतका अन्य अनुसन्धान प्रतिवेदनले इनिशाको मृत्यु मुख्य अभियुक्त १६ वर्षीय अनमोल गौलीसँगको यौन सम्पर्क पश्चात रक्तस्रावका कारण भएको निष्कर्ष निकालेको हो ।
सुर्खेत प्रहरीले यस घटनाको अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले मुख्य अभियुक्तविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरी जन्मकैदको माग गरिएको बताए । ‘अन्य तीन जनाविरुद्ध भने घटनास्थलमा उपस्थित भएर पनि पीडितलाई बचाउने प्रयास नगरेको आरोपमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ, उनले भने ।
पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आशंका गर्दै विरोध जनाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेतको सहयोगमा सुर्खेत प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । परिवारले दोषीमाथि कडा कारबाही र निष्पक्ष छानबिनको माग गर्दै परिवारले शव नबुझ्ने अडान राखेका कारण इनिशाको शव अझैं अस्पतालमा छ । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिशा परिवारका साथ वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी थिइन् ।
कसरी भयो घटना ?
फागनु २३ गते शनिबार बिहान साढे पाँच बजे स्कूलमा प्रयोगात्मक कक्षा छ भन्दै घरबाट निस्किएकी थिइन् । आमासंग उनले दुई घण्टामा घर आइपुग्ने बताएकी थिइन् । उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उनलाई प्रदेश अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट नै एिक १६ वर्षे अनमोल गौलीलाई नियन्त्रणमा लिएको थियो, जसले इनिशाको प्रेमी भएको बयान दिएका छन् ।
त्यो दिन बिहान करिब ५ः३० बजे अनमोल पनि खजुरास्थित आफन्तको घरबाट निस्किए । करिब १० मिनेटमै उनी मंगलगढी चोक पुगे । त्यहाँबाट उनी अटोरिक्सा चढेर पश्चिमतर्फ लागे । केही समयपछि रेडियो नेपाल प्रादेशिक कार्यालय अगाडि ओर्लिएर उत्तरतर्फ लागे ।
अघिल्लो रातमै तय भएको योजना अनुसार उनी वीरेन्द्रनगर–१ गैरीगाउँ पुगे । त्यहीँ इनिशासँग भेट भयो । दुवै जनाले त्यहाँ बाटो तय गरेर देउतीथान निस्कने सडक भएर प्रदेश आयुर्वेद अस्पताल अगाडीको बाटो हुँदै उत्तरको जंगलतर्फ लागे ।
बिहान ६ः२६ बजे सीसीटीभी फुटेजले उनीहरू अस्पताल अगाडिको बाटो हुँदै जंगलतर्फ हिँडिरहेको देखिन्छ । केही मिनेटपछि उनीहरू गाउँ पार गर्दै जनजागरण सामुदायिक वन भित्र प्रवेश गर्छन् । बिहान ६ः३० बजे गाउँकी एक महिलाले उनीहरूलाई जंगलतर्फ जाँदै गरेको देखेकी थिइन् । जंगलभित्रको करिब दुई घण्टा नै घटनाको केन्द्र भएको अनुसन्धानले देखाएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका अनुसार उनीहरू पहिले एक स्थानमा बसे, पछि अर्को ठाउँमा सरे । त्यहाँ शारीरिक सम्पर्क भएको देखिएको छ । तर केही बेरमै इनिशा बेहोस भइन् ।
इनिशाका पे्रमी अनमोलले प्रहरीलाई दिएको बयान अनुसार यौन सम्पर्कपछि अत्यधिक रक्तश्राव सुरु भयो, मैले उनलाई बचाउन प्रयास गरेँ, कृत्रिम सास दिन खोजेँ, हातखुट्टा चलाएँ, जुत्ता र मोजा खोलेर पैतलामा मालिस गरेँ, तर कुनै उपायले काम गरेन ।’
अन्य तीन जना कसरी जोडिए ?
अन्ततः बिहान ८ः२५ बजे अनमोलले आफ्ना नजिकका एक साथीलाई फोन गरे । फोनमा उनको स्वर आत्तिएको थियो । ‘इनिशा बेहोस भइन्, छिटो आउ’ तर ती साथीसंग तत्काल जान सवारी साधन थिएन । उनले आउन ढिला हुने बताए । अनमोलले अर्का साथीलाई पनि फोन गरे । पटक–पटक फोन संवाद भयो । तर उनीहरू तीनै जना समयमै अनमोलले बोलाएका ठाउँमा पुगेनन् । अन्ततः बिहान ९ः०७ बजे ती साथी घटनास्थल नजिक पुगे । ९ः११ बजे अन्य दुई साथी पनि त्यहाँ पुगे । त्यतिबेला इनिशा बेहोस र अनमोल अर्धअचेत अवस्थामा थिए ।
साथीहरूमध्ये एक जना गाउँतर्फ झरेर स्थानीयलाई अस्पताल लैजान सहयोग मागेको प्रहरी अनुसन्धानमा भनिएको छ । उनले स्थानीयसंग भनेका थिए, माथि एक जना साथी बेहोस छिन्, तुरुन्त अस्पताल लैजानुपर्ने भो ।’ सुरुमा केही स्थानीय घटनास्थल पुगेर प्रहरीलाई खबर गरे । प्रहरी घटनास्थल पुग्दा अनमोल घटनास्थलमै थिए भने इनिशा बेहास अवस्थामा थिइन् । प्रहरीले अर्धअचेत देखिएका अनमोललाइ तत्कालै प्रदेश अस्पताल कालागाउँ पु¥यायो । घटनास्थलमै इनिशाको सास चल्न छाडेपछि प्रहरीले इनिशाका आफन्तको खोजी थालेर घटनास्थलमै बोलाएको थियो । आजको राजधानी दैनिकमा खबर छ ।