२०८२ चैत्र १६ गते , सोमबार
झापामा गोलिया काठसहित अटो र चालक पक्राउ
झापाको बुद्धशान्तिमा सालको काँचो गोलिया काठसहित अटो र चालक पक्राउ परेका छन् । हिजो साँझ ७.२० बजे बुद्धशान्ति–१ भोटेटारस्थित भोटेटार–बुधबारे पुलचोक भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय बुधवारेबाट प्रहरी नायव निरीक्षक चन्द्रबहादुर राउतको कमान्डमा खटिएको गस्ती टोली र रोङ सब डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत होमचन्द्र गौतम नेतृत्वको टोली समेतले भोटेटार तर्फबाट बुधबारे पुलचोकतर्फ आउँदै गरेको मे १ ह ४१४४ नम्बरको अटोमा साल जातको काँचो गोलिया थान–३ अन्दाजी १० क्यु फिट लोड गरी ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उक्त गोलियासहितको अटो र अटो चालक बुद्धशान्ति-१ दामा बस्ने १७ वर्षीय संयोग लिम्बू समेतलाई नियन्त्रणमा लिई इप्रका बुधवारेमा राखिएको छ ।