२०८२ चैत्र १६ गते , सोमबार

मेची क्याम्पस भद्रपुरमा किन लगाए विद्यार्थीले ताला ?

sajilo news
पार्थ मण्डल
२०८२ जेष्ठ १९ गते , सोमबार
मेची क्याम्पस भद्रपुरमा किन लगाए विद्यार्थीले ताला ?

मेची बहुमुखी क्याम्पस भद्रपुरमा नयाँ विद्यार्थीहरुलाई स्वागत गर्ने बिषयमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को दुई समूहबिच उत्पन्न विवाद भएकाे छ। विवादकाे क्रममा विद्यार्थीहरूले  क्याम्पसमा तालाबन्दी गरेका छन् ।

क्याम्पसमा बिबिएस प्रथम बर्षमा नयाँ भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गर्ने बिषयमा स्ववियुको दुई समूहबिच विवाद भएको हो ।

स्ववियुका कोषाध्यक्ष प्रतिक साहको समूहले प्रशासनिक भवनमा आइतबार  तालाबन्दी गरेका थिए । पहिला एउटा समूहलाई स्वागत कार्यक्रमको लागि क्याम्पस प्रशासनले अनुमति दिइसकेको अबस्थामा अर्को समूहले पनि स्वागत कार्यक्रम गर्न अनुमति माग्दा नपाएपछि तालाबन्दी गरेको जनाइएको छ ।

आज दिउँसो दुई समूहबिच सहमति भई तालाबन्दी खुलाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार