२०८३ श्रावण ३० गते , शनिबार
बढ्यो पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि गरेको हो।
मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर एक सय ५६।५०, दोस्रो वर्गमा एक सय ५८ र तेस्रो वर्गमा एक सय ५९ रुपैयाँ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा एक सय ४८।५०, दोस्रो वर्गमा क सय ५० र तेस्रो वर्गमा एक सय ५१ रुपैयाँ कामय भएको छ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा