२०८३ जेष्ठ ९ गते , शनिबार

शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षक उत्रिए आन्दोलनमा, असोज ३ गतेदेखि विद्यालय ठप्प

sajilo news
काठमाडौं
२०८० भाद्र २९ गते , शुक्रबार
शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षक उत्रिए आन्दोलनमा, असोज ३ गतेदेखि विद्यालय ठप्प

नेपाल शिक्षक महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ। महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी  शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने जनाएको हो।

महासंघका अध्यक्ष कमला तुलाधरले बारम्बार सरकारसँग माग गरेको र वार्तामा भएको मागहरू सम्बोधन नभएकाले सडक आन्दोलन गर्न बाध्य भएको बताइन्। उनले पटक पटकको संवाद र छलफल पछि पनि सरकारले यो विधेयक मार्फत शिक्षक-कर्मचारीलाई धोका दिएको बताइन्।

उनका अनुसार उक्त विधेयकले एकातिर स्थायी, अस्थायी करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मुलभूत मुद्दाहरूलाई सम्बोधन गर्न सकेको छैन।

‘अर्कातिर संविधान प्रदत्त ट्रेड युनियन अधिकार माथि पनि अङ्कुश लगाउन खोजेको छ,साथै यसले आम नेपाली शिक्षक/कर्मचारीको पेसागत सम्मान र सुरक्षामा समेत गम्भीर सङ्कट ल्याउने निश्चित छ, यी सबै समस्याहरूको एकमुष्ट समाधान गर्न नेपाल शिक्षक महासङ्घ कडा आन्दोलनमा जान बाध्य भएको छ, यसै कारण २०८० असोज ३ गतेबाट देश भरिका विद्यालय बन्द गरी काठमाडौंमा गरिने सडक आन्दोलन सहभागी हुन सबै शिक्षक/कर्मचारीहरूलाई आह्वान गरिएको छ,’उनले भनेकी छिन्। उनीहरूले विभिन्न १७ वटा मागहरू राखेका छन्। 

सम्बन्धित समाचार